जीवन विकास समाजद्वारा ‘बाल विवाह न्यूनीकरण’ सम्बन्धी सचेतनामुलक कार्यक्रम

<span class='c1'>जीवन विकास समाजद्वारा ‘बाल विवाह</span> <span class='c2'>न्यूनीकरण’ सम्बन्धी सचेतनामुलक कार्यक्रम</span>

विराटनगर । जहदा गाउँपालिका १ स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा 'बाल विवाह न्यूनीकरण' सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सामाजिक विकास परियोजना जीवन विकास समाज कटहरी २ को आयोजना तथा ईलाका प्रहरी कार्यालय रानी मोरङको सहकार्यमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरुलाई बाल विवाह भनेको के हो, बाल विवाह किन गर्नु हुदैन, बाल विवाहको असर,बाल विवाह सम्बन्धि कानुनमा के व्यवस्था छ,लगायत समग्र बाल विवाहको बारेमा सामाजिक विकास परियोजनाका सामाजिक परिचालक अभय मगरले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय रानी मोरङका प्रमुख सन्दिप वेलवासेले कार्यक्रमको प्रशिक्षण गरेका थिए।

कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का ६० जना विद्यार्थीहरुको सहभागी रहेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्