गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
हरेक रात सपना हरुको उठान हुन्छ
अचेल यसैगरी मेरो बिहान हुन्छ

नजर जुधेकै हुँदैन जीवन काट्ने सँग
मन दुखाउने सँग पहिल्यै चिनजान हुन्छ

परेलीहरु हरेकदिन सागरमा डुबेपनि
ओठ भनेको डुङ्गा हो संधै मुस्कान हुन्छ

म हारिदिन्छु तिमी जितेर उपहार जानू
आउ यसपटक तिम्रो सम्मान हुन्छ

कोही भएझैं लाग्छ साथ नभएर पनि
कसैको बिर्सनै नसक्ने पहिचान हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्