गजल

गजल

-कमलराज बिष्ट मगर
म तिमीलाई बिर्सिन्न तिमीले सिकायौ।
म आफैलाई चिन्न तिमीले सिकायौ।

मैले त यो दिल सित्तैमा सुम्पिए
पैंसा हाली किन्न तिमीले सिकायौ।

बोतलको नसा छिनभरमै उत्रिन्छ
यो प्रेम हो सिधिन्न तिमीले सिकायौ।

यो सास रहुञ्जेल तिमीलाई पर्खे
समयले पर्खिन्न तिमीले सिकायौ।

सुनसान रात यो तिमी छैनौ "प्रिया"
म उस्तै छु बदलिन्न तिमीले सिकायौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्