-किस्मत खतिवडा
यसकारण केहि हद खुशी मिलेको छ
खुट्टा गुमाए पनि बैशाखी मिलेको छ
दुश्मनले एकपटक लडाएर गएथे
बारम्बार लडाउने दोस्ती मिलेको छ
यसैयसै यो मन बिरक्तिएको बेला
एकैछिन मन भुलिन्छ,भट्टी मिलेको छ
भो अब बिर्सि 'किस्मत'छोडी जानेलाई
यो सम्झी अब तलाई आजादी मिलेको छ