मित्रता

<span class='c1'>मित्रता</span> <span class='c2'></span>

-पुष्पा नेपाल (सुवेदी)
असल मित्र बनेर सदासदा
अडिग बन्दछ मित्र यथार्थमा
ह्रदयमा बस मित्र बनी तिमी
अनि पलाउँछ सुन्दर मञ्जरी ( १)

मलम बन्छ हुँदा पिर गाथमा
बलि चढाउँछ जीवन साथमा
असल मित्र उही हुन सक्दछ
सफरमा पनि जो छवि बन्दछ(२)

जब सधैँ दिल हुन्छ पवित्रता
अमर बन्छ त्यही सुन मित्रता
चुडिँनु हुन्न कसेपछि बन्धन
म हुन पाउँ सदा शिर चन्दन(३)

सकसमा मितको पनि रुन्छ जो
असल वास्तवमा मित बन्छ त्यो
असल मित्र दुरुस्त बनोस् मियो
तब बलोस् झलमल्ल हुँदै दियो( ४)

अटल बन्छ यहाँ जब मित्रता
सफरबाट हटून् सब बाध्यता
मिलनको पल स्वार्थ नहोस् कतै
भव गरोस् गुणगान जताततै( ५)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्