चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह

<span class='c1'>चाडपर्वमार्फत सद्भाव फैलाउन</span> <span class='c2'>अध्यक्ष ओली आग्रह</span>

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गर्नुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।”

अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने पर्ने बताउनुभयो । “फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्‍यो”, उहाँले भन्नुभयो, “स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।”

सामाजिक सञ्जालमा समाजलाई हानी पु¥याउने अश्लिल, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिँदै उहाँले समाजलाई ठीक ठाउँमा लैजानका लागि राजनीतिक आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्व सामाजिक मूल्य–मान्यतासँग जोडिएको भन्दै चाडअनुसार मानिसको परिस्थिति पनि मिल्ने बताउनुभयो । उहाँले अहिले नयाँ लुगा फेर्न र मिठो खानका लागि दसैँ पर्खने अवस्था कम मानिसमा रहेको बताउनुभयो । “पहिले मिठो खान र लगाउन दसैँ पर्खनुपर्दथ्यो । त्यस्तो अवस्थामा थियो हाम्रो देश । आज त्यस्तो अवस्था छैन”, उहाँले भन्नुभयो, “अझै पनि केही मानिसलाई मिठो खाना र नयाँ लुगा लगाउनका लागि दसैँ पर्खनुपर्ने अवस्था रहेको छ । त्यो चिन्ताको विषय हो ।”

अध्यक्ष ओलीले ऋण बोकेर चाड नमाउन आग्रह गरे पनि अझै पनि केही मानिसलाई ऋण बोकेर दसैँ मनाउने गरेको बताउनुभयो । उहाँले दसैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गर्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्