एस्पायर कलेज विराटनगरमा पहिलो पटक ‘ट्रेनिङ अफ ट्रेनर’ बिषयमा तिन क्रेडिट घण्टाको पाठ्यक्रम संचालन हुने

<span class='c1'>एस्पायर कलेज विराटनगरमा पहिलो पटक ‘ट्रेनिङ अफ ट्रेनर’</span> <span class='c2'>बिषयमा तिन क्रेडिट घण्टाको पाठ्यक्रम संचालन हुने</span>

विराटनगर। काठमाडौँ विश्वबिद्यालयबाट संचालित एस्पायर कलेज, विराटनगरमा रहेको निरन्तर व्यावसायिक शैक्षिक केन्द्र(सी. पी. ई. सि) ले विराटनगरमा पहिलो पटक प्रशिक्षकहरूको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर) बिषयमा तिन क्रेडिट घण्टाको पाठ्यक्रम संचालन गर्ने भएको छ।

यस कार्यक्रम शिक्षा क्षेत्रमा आवद्ध व्यक्तित्वहरूलाई प्रमाणित प्रशिक्षक बन्ने एउटा अवसरका रुपमा रहेको एस्पायर कलेज विराटनगरले जनाएको छ ।

कोर्स एक विशेष प्रशिक्षण कार्यक्रम हो, जसले सहभागीहरूलाई प्रभावकारी प्रशिक्षक बन्नको लागि सीप, ज्ञान र रणनीतिहरू प्रदान गर्ने र यस कोर्सको उद्देश्य प्रशिक्षण र विकासको क्षेत्रमा आफ्नो क्यारियरको लागि उत्सुक शैक्षिक व्यक्तित्वहरूको प्रशिक्षण ज्ञान, मनोवृत्ति र सीपहरू विकास गर्नु भएको साथै यस तिन क्रेडिट घण्टाको कोर्स हाल काठमाडौँ विश्वबिद्यालय स्कूल अफ एजुकेसनमा रहेको निरन्तर व्यावसायिक शैक्षिक केन्द्र(सी. पी. ई. सि) मा भौतिक रुपमा संचालन हुँदै आएको सी. पी. ई. सि विराटनगरको संयोजक प्रीतिका बस्नेतले जानकारी दिइन्।

यसको उद्देश्यहरू शिक्षा क्षेत्रका लागि विशेष गरी तालिमको सीप विकास गर्ने ,तालिमको आवश्यकता मूल्याङ्कन क्षमतालाई समृद्ध बनाउने ,प्रभावकारी र अन्तरक्रियात्मक प्रशिक्षण शेसन डिजाइनको लागि आवश्यक क्षमतालाई बलियो बनाउने ,अन्तरक्रियात्मक सहजीकरण सीप र गतिशील वितरण सीपको क्षमता बढाउने ,मानव सम्बन्धका सीपहरू र विविध सहभागीहरूलाई ह्यान्डल गर्ने सिपहरु विकास गर्ने,प्रशिक्षण मूल्याङ्कनका लागि सीपहरू विकास गर्ने भएको संयोजक बस्नेतले बताए ।

शिक्षकहरू जो आफ्नो क्यारियर प्रशिक्षण क्षेत्रमा बिस्तार गर्न खोज्दै हुनुहुन्छ ,प्रशिक्षकहरू जो शिक्षकहरूको व्यावसायिक विकासको क्षेत्रमा काम गरिरहनु भएको छ ,युनिभर्सिटी तथा विद्यालयका प्रिन्सिपल, प्रबन्धक, संयोजक र टोली प्रतिनिधिहरु जो प्रभावकारी प्रशिक्षण मार्फत आफ्नो टिमको प्रदर्शन सुधार गर्न इच्छुक हुनुहुन्छ र स्नातकोत्तर गर्नु भएको छ भने उहाँहरु यसका लागि योग्य हुने एस्पायर कलेजका प्रीन्सिपल चिन्तामणि बस्नेतले जानकारी बताए।

पाठ्यक्रम मिश्रित मोड मा सञ्चालन हुनेछ। पहिलो र अन्तिम शेसन एस्पायर कलेज विराटनगरमा भौतिक रुपमा हुनेछ भने बाँकीका सेसनहरू अनलाइन मोडद्वारा सञ्चालन हुने संयोजक बस्नेतले जानकारी दिइन्।

पाठ्यक्रम काठमाडौं विश्वविद्यालयका अनुभवी विशेषज्ञहरुद्वारा सहजीकरण गरिने , सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरू , समूह गतिविधिहरू, र वास्तविक परिदृश्यहरू मार्फत आफ्नो प्रशिक्षण सिप अभ्यास गर्ने मौका पाउने, पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि, सहभागीहरूले काठमाडौं विश्वविद्यालयबाट ग्रेड सहित पाठ्यक्रम पूरा गरेको प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने तथा सहभागीहरूले प्राप्त गरेको भए क्रेडिट निरन्तर शिक्षा डिग्रीको लागि क्रेडिट जम्मा गरिने जनाईएको छ ।

इच्छुक आवेदकले असोज १४ गतेदेखि कात्तिक १० गतेसम्म रजिष्ट्रेसन गर्न सक्ने तथा कात्तिक १२ गतेदेखि कक्षा संचालन हुने आयोजकले जनाएको छ । तालिमका लागि ९८४९०९३९२३ मा सम्पर्क गर्न सकिने कलेज प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्