इटहरी इन्टरनेशनल कलेजमा “आइआइसी इनाेभेक्स २०२३” हुने

<span class='c1'>इटहरी इन्टरनेशनल कलेजमा “आइआइसी</span> <span class='c2'>इनाेभेक्स २०२३” हुने</span>

इटहरी इन्टरनेशनल कलेजमा "आइआइसी इनाेभेक्स २०२३" हुने भएको छ । मोरङको सुन्दरहरैचास्थित इटहरी इन्टरनेशनल कलेजमा आगामी असोज २५ र २६ गते सो कार्यक्रम सञ्चालन हुने कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा कोसी प्रदेशका ११ , मधेस प्रदेशको १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देशभरका २० वटा कलेजको स्नातक तह व्यवस्थापन संकाय का सय जना बढी विद्यार्थीहरूले सहभागिता जनाउने छन् ।

प्रत्येक कलेजबाट ५ जनाको दरले बिद्यार्थीहरुले सहभागिता जनाउने छन् । कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस , काठमाडाैं यूनिभरसिटी स्कुल अफ म्यानेजमेन्ट, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, द ब्रिटिस कलेज, इन्फरमेटिकस कलेज पोखरा, वीरगन्ज पब्लिक कलेज, इस्लिङ्टन कलेज, हेराल्ड कलेज , बालकुमारी कलेज, शुष्मा  गाेदावारी कलेज, विश्व आदर्श कलेज इटहरीको सहभागिता रहने छ ।

त्यस्तै सहभागी कलेजहरूमा महेन्द्र बहुमुखी क्याम्पस धरान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, सुकुना बहुमुखी क्याम्पस, जेनिथ क्याम्पस, जनता बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायतहरूकाे सहभागिसता रहने इटहरी इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी सत्यव्रत कोइरालाले बताए ।

२ दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिन २५ गते चार वटा विधा मार्केटिङ माभेन, फाइनान्सेयल फिट, लिगल सिम्फाेजियम, सिइअाे क्राेनिकल्स् कार्यक्रमहरू रहेका छन् । त्यस्तै दोस्रो दिन २६ गते मुख्य विधा इनाेभेक्स् लगायत पुरस्कार वितरण तथा कार्यक्रम समापन गरिने आयोजक इटहरी इन्टरनेशनल कलेजले जनाएको छ ।

कलेजमा बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिजनेस तथा आइटीको कोर्ष पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्