झापाको हल्दिबारीमा तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक

झापाको हल्दिबारीमा तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक

झापा : झापाको हल्दिबारीमा खटाइएका राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक भएको छ।

कर्मचारीहरुले साबिक गोलधाप हाल हल्दिबारी गाउँपालिका– १ स्थित रामचोक निवासी ५१ वर्षीय गणेशप्रसाद पौडेलसँग ४० हजार रुपैयाँ घुस लिएका हुन्।

सेवाग्राही पौडेलसँग घुस लिएको घटना बाहिरिएसँगै जनप्रतिनिधि र स्थानीयवासीले उनीहरूलाई नियन्त्रण लिइ  प्रहरी बोलाएर जिम्मा लगाएका थिए। प्रहरी नियन्त्रणमा रहेका कर्मचारीहरु जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल छन्।

भूमि आयोगले उनीहरूलाई चार महिनादेखि हल्दिबारी गाउँपालिकामा खटाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्