चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो

चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीकारीलाई बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्