विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ औं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गसमक्ष अनुसन्धान आयोगले आज वर्षिक प्रतिवेदन बुझाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम वार्षिक प्रतिवेदन (आ.व.२०७९/८०) पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।