मिर्मिरे लघुवित्तको एफपीओ खुल्यो

<span class='c1'>मिर्मिरे लघुवित्तको</span> <span class='c2'>एफपीओ खुल्यो</span>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओमा आवेदन खुलाएको छ। एफपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ कित्ता एफपीओको निष्काशन तथा बिक्री खुला गरेको हो। एफपीओका लागि असोज ३० गतेसम्म आवेदन बुझाउन पाइनेछ।

कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओमा आवेदन खुलाएको हो।
गत वर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.३५ रुपैयाँ छ। यस्तै प्रतिसेयर नेटवर्थ १५५.८६ रुपैयाँ छ। लघुवित्त कम्पनीले गत वर्ष ५ करोड ४५ लाख खुद नाफा आर्जन गरेको थियो। यो रकम अघिल्लो वर्षको भन्दा निकै कम हो। कम्पनीले परार १५ करोड ५६ लाख नाफा कमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्