आजदेखि बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप

<span class='c1'>आजदेखि बेलबारी</span> <span class='c2'>अन्तर्राष्ट्रिय गोल्डकप</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबकाे आयोजनामा माेरङकाे बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण  गाेल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ ।

  गोल्डकप अाज दिउँसो उदघाटन हुने तथा आजकाे खेलमा डॉगीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयाेजकले उल्लेख गरेको छ । लक्ष्मी माविको खेलमैदानमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । बेलबारी नगरको गौरवको रूपमा विराटनगर बाहिर जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको बेलबारी गोल्डकप हो । प्रतियोगितामा विजेता टोलीले नगद रू आठ लाख ,उपविजेताले पाँच लाख तथा ट्रफि र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

   बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको जानकारी दिनुभयाे । प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई  देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । उहाँले भन्नुभयो, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्र लगायत समाजिक एकता र आर्थिक विकासमा टेवा पुयाएको छ ।”

  छैठाैँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु-याउन बेलबारी गोल्डकप प्रतियोगिता विगत वर्ष झै सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतको एक टिम सहित नेपालका चर्चित ७ टिम सहभागी रहने मोफसलको अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता संचालनको अन्तिम तयारी पूरा भएको जानकारी दिनुभयाे ।

  खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिमकाे प्रतियोगितामा प्रतिष्पर्दा  रहने आयोजकले जनाएको छ ।

   आयाेजक प्रतियोगिताका सचिव  शम्भु बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगिता सञ्चालनका लागि रू ६२ लाख ९० हजार खर्च तथा ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।

   बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको प्रवक्ता तथा सञ्चार संयाेजक नरेन्द्र बस्नेतले दाबी गर्नुभयो । यहाँले युवाले खेलक्षेत्रलाई महत्व दिएर लागुपदार्थ दुव्यर्सनबाट टाढा रहेर समाजिक काम गर्नु पर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि विगतदेखि नै प्रतियोगिता सफल हुँदै गएको  उल्लेख गर्नुभयो ।
  
   डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको  भाइकुमार गुरूङले बताउनुभयो । उहाँले दैनिक ६ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा ४ हजार क्षमता भएको बासको प्याराफिट, रंगरोकन, खेलमैदान मिलाउने, पोष्टर टाँस्ने लगायतकाे सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयाे ।

    बेलबारी गाेल्डकपमा गत बर्ष  सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँ विजेता तथा राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे । अन्तराष्ट्रिय स्तरकाे गाेल्डकपमा १६ हजार भन्दा बढी दर्शनकाे सहभागिता रहने अनुमान गरिएकाे आयाेजकले उल्लेख गरेको छ । प्रतियाेगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयाेगी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्