विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएको छ।
माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले विश्वासले विश्वसको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका ईन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उनको भनाई छ ।
‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’उनले भने, भोली केन्द्रले निर्देशन देला ।’
गठबन्धनको निणर्य विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् ।
प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।