काठमाडौं । ओलम्पिक खेलकुदमा क्रिकेट खेल पनि समावेश हुने भएको छ ।
सन् २०२८ (एलए२८) मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेट समावेश हुने भएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले क्रिकेटसहित पाँच खेललाई सन् २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको छ ।
आइओसीको मुम्बईमा भएको १४१औं सेसनले क्रिकेटसहित पाँच खेललाई ओलम्पिकमा समावेश गराउने प्रस्तावलाई अनुमोदन गरेको हो ।
यसअघि २००२८ को ओलम्पिक आयोजक समितिले क्रिकेटसहित पाँच खेललाई ओलम्पिकमा सहभागी गराउने प्याकेजमा प्रस्ताव गरेको थियो । जसलाई आइओसीको कार्यकारी बोर्डले समर्थन गरेको थियो ।
क्रिकेटसँगै २०२८ को ओलम्पिकमा बेसबल, लुक्रस, स्क्वास र फ्लाग फुटबल नयाँ खेलको रुपमा समावेश भएका छन्।
क्रिकेट यसअघि सन् १९०० मा ओलम्पिकमा समावेश थियो । बेसबल र सफ्टबल २०२० को टोकियो ओलम्पिकमा समावेश थियो । यस्तै लाक्रोस १९०२ र १९०८ को ओलम्पिकमा समावेश थियो ।