सुजता लिम्बू
विराटनगर। नेपालीहरुको महान चाँड विजय दशमी समुदाय र भूगोल अनुसार फरक तरिकाले मनाउने गरिन्छ । कतै नवदुर्गा भवानीको पुर्जा आरधाना गरेर बली चढाएर जमरा र टिका लगाएर दशैँ मनाउने गर्दछन् । कतिपय जनजाति समुदायले आफन्त भेटघाट र खानपिन मात्रै गरेर दशैँ मनाउने गर्दछन् ।
जनजाति समुदायमा नै कतिपयले सेतो, पहेँलो टिका लगाएर दशै मनाउने गर्दछन् । दशैँलाई प्रमुख चाँडको रुपमा मनाउने हिन्दु धर्मवालम्बिहरु ब्राम्हण, क्षेत्रीहरुले रातो टिका जमरा लगाउछन् भने राई, लिम्बू, मगर, तामाङ, गुरुङले सेतो टिका लगउने चलन छ । विराटनगर- ११ का हरिन्द्र लिम्बू दशैँमा सेतो टिका लगाउने गरेको सुनाउछन् ।
छोरा, भजितहरुले गर्दा पनि टिका लगाउनुपर्ने भएको बताउदै उनले आफू मन लाग्दा मात्रै टिका लगाउने गरेको बताए । ‘म मन लाग्दा टिका लगाउछु, छोरा भतिजले गर्दा लगाउनैपर्ने हुन्छ,’ उनले भने,‘ लगाउदा सेतो टिका नै हो, उनले भने,‘टिका लगाउनैपर्छ भन्ने छैन लगाउन परे सेतो टिका हो ।’
यता, किँरात राई या-योक्खाकी महानगर अध्यक्ष विष्णु राई पनि दशैँमा सेतो टिका नै लगाउने गरेको बताउछिन् । उनले अन्य समुदायको धर्म संस्कारलाई सम्मान गर्दै दशैँ सेता टिका लगाएर मनाउने गरेको उनी बताउछिन् । ‘म दशैँमा सेतो टिका चलाउछु, सबैको धर्म संस्कारलाई सम्मान सहित मान्नुपर्छ,’उनी भन्छिन्,‘अरुको धर्म, संस्कार मनाए हाम्रो पनि उहाँहरुले मान्नुहुन्छ ।’
यता, लिम्बू भाष साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लावतीले पृथ्वी नारायण शाहसँग भएको सम्झौताले दशैँ मान्ने प्रचलन आदिवासीलाई कज्याएको बताउछन् । २०२९/ ३० सालमा दक्षिण एसियामा भएको उथलपुथलका कारण पृथ्वी नारायण शाहले गर्दा प्रोलोभन गरेर दशैँ मनाउने परम्परा आदीवासीमा लादेको बताए ।‘
१८३७ साल देखि लिएर ३९ सालसम्ममा यो अरुण पारी तुम्बहाम्फे, खजुमहरु , वनेम फागोहरु, सेरेनचेम्बा मेवा खोला लिवाङहरु उहाँहरु गार्खासँग नजिक हुनपुग्यो उहाँहरु नजिक भएपछि हाम्रो आन्दोलन कम्जोर भयो’ उनले भने,’०४३ सालमा आम माफीको घोषणा भयो , लड्दै गरेका मान्छे सिक्किम आसाम गए , १८४५ सालमा पहिलोपटक किपट दिएको देखिन्छ यो दिएपछि त्यसको साइनोले यो प्रथा आयो त्यसपछि दशैँ लादै ल्याएको हो , सुब्बा कारबारी, बुढौलीले घटस्थापनादेखि नवमीसम्म पुजा गर्नुपर्ने, मार हान्नुपर्ने प्रचलन थियो । ‘
उनी थप्छन् ।‘ दर्शैँ पछि पुलिस आउथ्यो रे दशैँ मनायो कि मनाएन भनेर मैले याद भएसम्म हाम्रो तिर टिका लगाउदैन थियो ३ साल सम्म कोशेली लिएर आउथ्यो, खाना खाने टिका लगाउदैन थ्यो रोटे पिङ लगाउने रातो माटो लगाउने यो चलन सुब्बामार्फत लादेको हो ।’
टिका अक्षता लगाउने चलन आदीवासी समुदायको नै तर्क राख्दै उनले आर्य समुदायको सभ्यता भारतमा विकास भएको बताउछन् । आर्य समुदायको सभ्यता दक्षिण एसियामा आएर विकास भएको बताउदै उनले भारतमा टिका लगाउने चलन नरहेको सुनाउछन् । ‘
दशैको नाममा टिका लगाउदैनौँ, दशै हाम्रो मान्यता हाम्रो विश्वाससग सम्बन्धित छैन, घटस्थापना देखि गरिने जतिपनि पुजाहरु छ त्यसमा उहाँहरुले मान्ने देवदेविहरुको नाम छ सप्पै दुर्गा भन्ने भनिन्छ कुनैपनि हामीसँग सम्बन्धित छैन दशमीको दिन आशिसमा उल्लेख गरिएको शब्द हामीसँग सम्बन्धित छैनन् । उनले भने,‘देवी भागवत दुर्गाले बत्स गरिएको छ विजय दशमी भनेर रामले रावणसँग लडाइ गर्दा जितेको दिनलाई पनि जोडेर मान्ने गरेको छ । यो कुनैपनि हामीसँग सम्बन्धित छैन र हामीमा सम्बन्धित होइन । ’