सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-८ तीनकुनेस्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलुका ८ बजे अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरानतर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख. ९६३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धरान- ९ का २० बर्षीय दिप तामाङको साथबाट प्रतिबन्धित औषधी स्पासमो ५ हजार ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहारीले जनाएको छ।