एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने भएको छ ।

कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

१ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले १५ प्रतिशतले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्