सुन्दरहरैँचा । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाडौँलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ ।
माेरङकाे बेलबारी ११ स्थित लक्ष्मी माविकाे खेल मैदानमा बुधबार भएको खेलमा बिर्तामोड युनाईटेड क्लब झापाले १ का बिरूद्ध २ गोल गर्दै चर्च ब्वाईजलाई पराजित गरेको हो ।
प्रतियोगितामा म्यान अफ द म्याच विर्तामोड युथ क्लव झापाका खमिर गिल्सन घोषित भए । उनले नगद रू ५ हजार पुरस्कार पाए ।
आजबाट सेमिफाईनलका खेलहरू हुने आयाेजकले बताएको छ । पहिलो सेमिफाईनल खेल आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र बिग्रेड ब्वाईज क्लब काठमाडौ बिच हुने आयाेजक क्लबका अध्यक्ष विक्रम वान्तवाले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका गरि चर्चित ८ टिमकाे सहभागिता रहेको छ। प्रतियोगिता बिजेताले रू ८ लाख नगद तथा उपबिजेताले ५ लाख नगद,ट्रफी र प्रमाणपत्र पाउने गाेल्डकपका प्रवक्ता नरेन्द्र वस्नेतले बताए। उनले प्रतियोगिताको फाईनल खेल कार्तिक ४ गते हुने उल्लेख गरे ।