दशैँमा मौसम सामान्यतया सफा रहने

<span class='c1'>दशैँमा मौसम सामान्यतया</span> <span class='c2'>सफा रहने</span>

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सफा रहने बताउनुभयो । “दशैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उहाँले भन्नुभयो ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताउनुभयो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि शुक्रबार पनि कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्