इजरायलमा मृत्यु भएका चार नेपालीको शव आज ल्याइँदै

<span class='c1'>इजरायलमा मृत्यु भएका चार</span> <span class='c2'>नेपालीको शव आज ल्याइँदै</span>

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ ।

नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्