तिमीलाई कसरी नेता मानौ !

तिमीलाई कसरी नेता मानौ !

-बसन्त घिमिरे
न हावादारी भाषण छ
न झुट्टा आश्वासन छ
न कुनै अहंकार छ
न कुटिल विचार छ
तिमी नेता बन्ने खै कुन आधार छ ?
तिमिलाई म कसरी नेता मानौँ !

न विपक्षीलाई गालि छ
न अपराधीलाई ताली छ
न गुन्डाको भेला छ
न सेटिङको खेला छ
न माफियासँग उठबस छ
न इज्जत जोगाउने सकस छ
तिमी नेता बन्ने खै कुन व्यवहार छ?
तिमीलाई म कसरी नेता मानौँ !

न बलत्कारीलाई आफ्नो बनाएको छौँ
न भ्रष्टाचारले डुङडुङ्ती गनाएको छाैँ
न नियम मिचि बेथितिमा रमाएको छौँ
न लाज पचाएर अकुत कमाेएकाे छौँ
मैले बुझेको नेताको तिमीमा कुनै व्यवहार देखिदैन
तिमीमा त खै कुनै राजनीतिक संस्कार भेटिदैन
तिमीलाई म कसरी नेता मानौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्