गजल

गजल

-सृष्टि सावित्रा
सोचिरहेछु जिन्दगी यस्तो ठाउँमा ठक्कर लागोस्
हर कोहिलाई एकपटक ठोक्किने रहर लगोस्

उसले कहिल्यै नसकोस् मेरो क्षमताको तौल गर्न
दुश्मनलाई मेरो आँखा अगाडि पर्न डर लागोस्

मलाई एक्लै हिँड्नु छ अब जीवनको लक्ष्य भेट्न
चाहे छातीमा गोली चाहे पाउमा पत्थर लागोस्

भगवान अरु केही माग्दिन एउटा आशिर्वाद देऊ,
आमा बिर्सेको छोरोलाई सम्झिने जाँगर लागोस्

परिवार धान्न मुस्किल पर्छ कसरी बस्ने देशमा ?
हरेक युवा सोचिरहेछन् खाडीको सफर लागोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्