चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

-शिखा खतिवडा
दैवले साथ दिऊन मान्छेले साथ छोडेर केही हुँदैन
ए स्वार्थीहरु हाे ! बकमफुसे नाता तोडेर केही हुदैन

हुन त तिम्रो जति आम्दानी नहोला मेरो पक्कै पनि
स्वतन्त्र बाँचिन्छ गुलामी नोकरी फोडेर केही हुँदैन

आफ्नो कर्तव्य अनि जिम्मेवारी पूरा गर्छु मैले पनि
तिम्राे हनुमानले मेराे बिरुद्ध हात जोडेर केही हुँदैन

मलाई मेराे सङ्कल्पले हिँडाउनेछ आफ्नै बाटाेमा
ए ! जल्नेहरु हाे मैैले हिँड्ने बाटाे गाेडेर केही हुँदैन

जीवनकाे याे लडाइँ बरु एक्लै लडिन्छ धैर्य भएर
"शिखा" का लागि तिमीले बाटाे माेडेर केही हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्