-सविना श्रेष्ठ
बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन
खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन।
जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा
ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन
मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु
कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन।
मन मिल्यो उमेर मिल्यो रंग रुप हेर्नुस् न सबै मिल्यो
भुल्नै सक्दिन विभेदको बिचमा कस्सम खाएको दिन।