धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प

<span class='c1'>धादिङमा एकैदिन १२०</span> <span class='c2'>भन्दा बढी परकम्प</span>

धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प मापन गरिएको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको  थियो । त्यसपछि सो संख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार ६.१ म्याग्निच्युडको धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पको परकम्प हो । त्यसपछिका धक्का भने ६.१ म्याग्निच्युडको परकम्प भएको उनले बताए ।

यसरी मापन गरिएका परकम्प दुई म्याग्निच्युडदेखि माथिका छन् । तीमध्ये सबैभन्दा ठूलो परकम्प ४.४ म्याग्निच्युडको छ । आइतबार अपराह्न ४ बजेर ३ मिनेटमा धादिङकै बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्का मापन गरिएको उनले जानकारी दिए ।

केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको धक्कापछि आइतबार दिउँसो साढे ३ बजेसम्म १२२ परकम्प मापन गरिएको थियो । त्यसपछि बनिया आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको धक्कासहित अरू केही अत्यन्तै साना परकम्प थपिएको हुन सक्ने केन्द्रले जनाएको छ ।

यी परकम्प नियमित र स्वाभाविक प्रक्रिया भएको भूकम्पविद् डा. भट्टराईले बताए । भूकम्पविद्का अनुसार चार म्याग्निच्युडभन्दा मुनिका धक्का जोखिमपूर्ण मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्