दशैँ जस्तो दशैँ पनि त छैन

<span class='c1'>दशैँ जस्तो दशैँ</span> <span class='c2'>पनि त छैन</span>

-सुरज दाहाल
असारमा कालोपत्रे गरेको फराकिलो सडक
कात्तिकमा मानव सवार गाडी खसाल्न थाल्छन
त्यही रोडमा नग्न लम्पसार साँघुरो सत्ताले
आममाफी दिएको भोलिपल्ट
अपराधी "मान्छेले " अर्को मान्छे खान्छन
भुकम्पले हल्लाएको पहाड मुन्तिर
इजरायलबाट भरखरै "शव" आएको छ
केहि बाकी छैन फेरिपनी "सबै" आएको छ

निधारको रातो टिकाको ठिक मुनी नयनमा
हरेक नेपालीको आँखामा निरसताको खाडल छ
जे भएको छ जे हुदैछ हाम्रो आफ्नै चयनमा
मालश्री धुनमा कताकता उदासताको बादल छ !

अलजाइमरले ग्रस्त डोनेपिजल खाएको बिहानी
आज सगै भोलि सबै बिर्सने छ
जे भएन त्यसको दु:ख पनि हैन
जे भयो दु:ख त्यसको पनि हैन
दु:ख जे हुदैछ त्यसको हो !!,

" पाल्पामा दुर्घटना एकै परिवारका .. मृत्यु ,
धादिङमा भुकम्प २० घर भत्किए
आरती शाहका परिवारले मनाएनन दशै
सुर्खेतको बालुवाटारमा आएन दशै .. आदि इत्यादि रुमिनेसनले ग्रस्त बिरामी जस्तो
वर्षैभर दोहोरीरहने एउटै प्रकृतिका खबरहरु
बेखबर खबरहरु सग त्यस्तो केहि त छैन
जस्तो दशै आएको जस्तो होस
जस्तो सबैले दशै मनाएको जस्तो होस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्