गजल

गजल

-सृष्टि सावित्रा
यता एउटा तस्बिर पीरको ओखती बनेको छ ।
उता अर्को तस्बिर घाउमा कागती बनेको छ ।

मलाई गिराउँनेहरुले अझै गिराउँन सकुन् ।
हेर्नु,छ , दुश्मनको औकात कति बनेको छ ?

भेरी र कर्णालीसँग आफ्नै बिशेषता होला ।
सिङ्गो राजधानी बोकेर ऊ,बागमती बनेको छ ।

म मेहनतले जीवन रङ्गाउँने अभियानमा छु ।
ऊ,सिन्दुरले सिउँदो रङ्गाएर पति बनेको छ ।

सुध्रिने अवसर चाहिन्छ बिग्रेका हरुलाई पनि।
म बिग्रिरहनुमा तिम्रो याद ज्यादती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्