सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेका छन् । उनले राति सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।
घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।