काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
दशैँ पछिको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको हो ।
दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।