म छोरी

म छोरी

-शिखा खतिवडा
म छोरी मैले डराउनु पर्छ
कोहि नजिक परे कराउनु पर्छ
चरिले झैँ पंख फिजाई उड्नु हुन्न मैले
अरुको गाडीसँगै गुड्नु हुन्न मैले
म छोरी मैले सहनु पर्छ
बिरामी हुँ ठिक छु कहनु पर्छ
म छोरी मैले सहनु पर्छ।

म छोरी मैले जन्मनाता तोड्नु पर्छ
पराई घरमा सम्बन्ध जोड्नु पर्छ
घाँटी ऐठ्याउन कोहि आए भनी पनि
मैले बोल्नु हुन्न
घरको पोल बाहिर खोल्नु हुन्न
म छोरी मैले सहनु पर्छ
बिरामी हुँ ठिक छु कहनु पर्छ
म छोरी मैले सहनु पर्छ।

म छोरी मैले सासुको मान राख्नु पर्छ
घोचपेच सहेर भएपनी कुलको सान राख्नु पर्छ
वंश बढाउनकै लागि भए पनि
मैले हरेक साल एक मर्द जन्माउनु पर्छ
म छोरी तर गर्भमा छोरी भए तुहाउनु पर्छ
वंश बढाउनकै लागि भए पनि मर्द जन्माउनु पर्छ
म छोरी मैले हरेक जंङ्घार सहनु पर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्