गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अम्बिका अधिकारी
देशको ढुकुटी सबै रित्याएर मालामाल बन्यौ।
त्यसैले नेतालाई जनताले भन्छन् बबाल बन्यौ।।

देशमा अहितकारी काम गर्दै आएकाले नै हो।
आज आएर सारा जनताका सामु दलाल बन्यौ।।

जनतामा गरिवीको महामारी फैलीरहेको छ।
मतलब छैन सबै आफैँले घिचेर काल बन्यौ।।

राजनेता निस्वार्थ भई अगाडि बढ्नुपर्ने थियो।
अाफ्नो मात्र स्वार्थ हेरेर आज तिमी बेहाल बन्यौ।।

बिदेशीको दलाल मात्र गर्ने नियत भएकोले।
विश्वको सामु जवाफ दिन नसक्ने सवाल बन्यौ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्