विराटनगर । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले मोरङको जहदा गाउँपालिकामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ ।
आइतबार वर्ल्डलिंकले जहदा गाउँपालिकामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।
यससँगै जहदामा तारसहितको फाइबर इन्टरनेट र नेटटिभी (आइपि टिभी) सेवा विस्तार गर्ने पहिलो कम्पनी बनेको वर्ल्डलिंकले दाबी गरेको छ । जहदालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित र उत्साहित भएको वर्ल्डलिंक विराटनगर शाखाका प्राविधिक विभागका प्रमुख केशव कुमार दासले जानकारी दिए ।
काठमाडौंकै गतिको ३०० एमबिपिएससम्मको इन्टरनेट सुरुवात भएको र अब यसले सिंगो जहदा गाउँपालिका जोड्ने केशव कुमार दासले बताए । जहदामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर सबैलाई जहापनी जहिले पनि जोडने कम्पनीको भिजन भएको र यो देशलाई जोड्ने अभियान भएको पनि कम्पनीले बताएको छ ।
ईन्टरनेट जडान गर्न कम्पनीको वेबसाइट worldlink.com.np मार्फत बुक गर्न सकिने , कम्पनीको फोन न ९८०१५२३०५० वा विराटनगर शाखाको फोन नम्बर ०२१५७००२० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।