नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

<span class='c1'>नेप्से परिसूचकमा सामान्य</span> <span class='c2'>अङ्कको सुधार</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ ।

आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्