राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सनं) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरेका हुन् । हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।
बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केहि घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।