काठमाडौं । यामाहाले चाडपर्व लक्षित ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ योजना ल्याएको छ ।
दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन यामाहाले उक्त योजना ल्याएको हो ।
चाडपर्वलाई अविस्मरणीय बनाउने योजना सहित यामाह मोटरसाइकल र स्कुटर मार्फत स्पोर्टीनेस्, स्टाइल र एक्साइटमेन्ट उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजारदेखि १ लाख सम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख सम्मको स्युर–सट क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
ग्राहकले लक्की ड्र मार्फत दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका प्राप्त गर्न सक्ने यामाहाले जनाएको छ ।
यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ ।