विश्वकप एसिया छनोट : ओमानद्वारा सिङ्गापुर २२ रनले पराजित

<span class='c1'>विश्वकप एसिया छनोट : ओमानद्वारा</span> <span class='c2'>सिङ्गापुर २२ रनले पराजित</span>

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिए । त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले दुई/दुई विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान एक/एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो । उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिए । त्यस्तै प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडे । सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई ÷दुई विकेट झारे ।

यस जितसँगै ओमानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै सिंगापुरको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा सिङ्गापुर आयोजक नेपालसँग आठ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्