विराटनगरका भवनमा ‘बेसमेन्ट पार्किङ्ग’ तर छैनन् प्रयोग

<span class='c1'>विराटनगरका भवनमा ‘बेसमेन्ट पार्किङ्ग’</span> <span class='c2'>तर छैनन् प्रयोग</span>

विराटनगर । विराटनगरका व्यापारिक भवनमा ‘बेसमेन्ट पार्किङ्ग’ प्रयोजन खुलाएर नक्सा पास गरेपनि ती भवनका आसपास सडकमा नै सवारी रोकिएको हुन्छ । महानगरबाट बेसमेन्ट पार्किङसहितको नक्सा पास गराएर भवन संरचना बनाएपनि त्यसको प्रयोजन अनुसारको प्रयोग हुन नसकेको हो । विराटनगरमा बजार क्षेत्र मात्रै नभई राष्ट्रिय राजमार्ग अन्तर्गत रानी–धरान सडकखण्ड समेत सवारी पार्किङस्थल बन्ने गरेको छ ।

विराटनगरमा पार्किङ व्यवस्थापनको काम जरुरी छ । त्यसका लागि अब बन्ने व्यापारीक भवन बेसमेन्ट पार्किङसहितको हुनु आवश्यक छ । तर, बेसमेन्ट पार्किङ भएका भवनको प्रयोजन अनुसारका काम भए नभएको अनुगमन भने महानगरपालिकाले गरेको छैन ।

विराटनगर महानगरपालिका घरनक्सा शाखाको तथ्यांक अनुसार हालसम्म १२ वटा व्यापारिक भवनले बेसमेन्ट पार्किङसहितको नक्सा स्वीकृति लिएका छन् । बेसमेन्ट पार्किङसहित घरनक्सा पास गराएका संरचना बाहिर भने सडकमै सवारी पार्किङ हुने गरेको देखिन्छ ।
महेन्द्रचौकस्थित पुरानो नेपाल बजार बन्द भएपछि अहिले त्यहाँ विभिन्न बैंकका शाखा सञ्चालनमा रहेका छन् । अतिव्यस्त चौकको बाहिरी परिसरमा सडक ढाकेर सवारी पार्किङ हुने गरेको छ । बेसमेन्ट पार्किङ क्षेत्रमा भने सवारी रोकिने गरेको छैन ।

विराटनगरमा ठूला होटल, कलेज तथा अस्पतालमा समेत यो सेवा जरुरी रहेको छ । नोबेल हस्पिटलको आफ्नै पार्किङ क्षेत्र छ । त्यस बाहेक न्यूरोले भाडामा भएपनि पार्किङको सुविधा दिएको छ । विराटले सेवाग्राहीबाट पैसा असुलेर मात्रै पार्किङ सुविधा दिने गरेको छ ।
राष्ट्रिय राजमार्गलाई पहुँच बनाएर बनेको व्याापारिक महल भाटभटेनी सुपरस्टोरले डबल बेसमेन्ट पार्किङसहितको संरचना बनाएको छ । दैनिक भाटभटेनी पुग्ने सेवाग्राहीले पार्किङको सुविधा उपयोग गर्दै आएका छन् । भाटभटेनी उत्तरमा बन्दै गरेको नयाँ सेन्चुरीयन महल, शुभ इन्टरप्राइेजजले नक्सा पास गराउँदा बेसमेन्ट पार्किङको स्वीकृति लिएका छन् । यी दुई महल सञ्चालनमा आईसकेका छैनन् ।
विराटनगरको सेन्ट्रल महलमा समेत बेसमेन्ट पार्किङ सुविधा छ । त्यहाँ पुग्ने सेवाग्राहीले सडकमा सवारी रोक्नुपर्ने अवस्था छैन । यस्तै हाटखोलामा रहेको आर.के.सिटी महलमा समेत यो सुविधासहितको नक्सा स्वीकृति लिइएको छ ।

महेन्द्रचौकमा रहेको नेपाल बजार बसेको भवन समेत पार्किङ सुविधासहितको छ । त्यो भवनमा अहिले बैंकलगायतका संस्था भएपनि पार्किङ प्रयोजनको क्षेत्र प्रयोगमा छैन । महेन्द्रचौक पूर्व बनेको हिरा–शान्त भवनमा समेत बेसमेन्ट पार्किङ सुविधा छ । यस भवनमा समेत बैंक तथा वित्तीय संस्था भाडामा बसेका छन् । यहाँ शुल्क लिएर मात्रै पार्किङ सुविधा दिइएको छ ।

यसैगरी जलजला चौक पश्चिममा गोपाल श्रेष्ठको घर समेत बेसमेन्ट पार्किङ सुविधासहितको नक्सा पास गराएर निर्माण गरिएको छ । हाल उक्त घरमा लक्ष्मी बैंकसहितका संस्थाहरु भाडामा बसेका छन् ।
नक्सा पास गराउँदाको प्रयोजन विपरित पार्किङ क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरेको अवस्थामा अनुगमन गर्नुपर्ने भएपनि गरिएको छैन ।

अर्को कुरा बेसमेन्ट पार्किङसहितको भवन बनाउँन नक्सा पास गराउँदा कर तथा राजस्व छुट हुन्छ । यो छुट सुविधा लिएर बनेका भवनमा पार्किङ सुविधा लिँदा शुल्क लिन नपाउनु पर्ने भएपनि कतिपय स्थानमा शुल्क लिइने गरिएको छ । बैंक तथा वित्तीय संस्थाले समेत सेवाग्राहीलाई पार्किङ सुविधा दिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्