कोशी प्रदेशको सामूहिक राजश्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने

कोशी प्रदेशको सामूहिक राजश्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेशको सामूहिक राजस्व संकलनको विद्येयक २०८० लाई प्रदेशसभामा प्रस्तुत गर्ने निणर्य गरेको छ।

मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

प्रदेश सरकारको यो निणर्य महत्वपूर्ण रहेको प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।

‘कोशी प्रदेशको सामूहिक राजश्व संकलन सम्बन्धि विद्येयक प्रदेशसभामा प्रस्तुत गर्ने निणर्य आजको बैठकको महत्वपूणर् निणर्य हो,’ उनले भने,‘विभिन्न कारणले प्रक्रियागत रुपमा राजश्व संकलन गर्न नसकिएको अवस्थामा बजेट होलिडेको अवस्थामा राजस्वलाई नियमित कसरी संकलन गर्ने ? खर्च कसरी गर्ने भन्ने सभामा छलफल हुन्छ ।’

बैठकमा पाँच वटा एजेण्डाको विषयमा छलफलसहित निणर्य भएको उनले बताए । जसमा अख्तियार अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन सभामा पेस गर्ने, संवैधानिक आयोगहरु आदिवासी आयोगको चौथौ वर्षिक प्रतिवेदनलाई सभामा पेश गर्ने, थारु आयोग नेपालको पाँचौ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने लगायतको निणर्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्