टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमानबीचको खेल सुरु

<span class='c1'>टी-२० विश्वकप एसिया छनोट :</span> <span class='c2'>नेपाल र ओमानबीचको खेल सुरु</span>

विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीचको खेल सुरु भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू भएको हो।

टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ओमानले अहिले ब्याटिङ गर्दै छ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ। टि-२० आइमा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। तीमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ। चारै खेल ओमानमा भएको थियो।

समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ।

एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्