मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो।

कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०-१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्