श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जना पक्राउ

श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जना पक्राउ

काठमाडौं । श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली कागजात बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं बनस्थल बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौंको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई थान मोबाईल बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन के.सी.ले जानकारी दिए छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्