विराटनगरमा पर्वोत्सव बजार सिर्जना गरौं

विराटनगरमा पर्वोत्सव बजार सिर्जना गरौं

दशैं सकिएको छ । मान्यजनसँग आर्शिवाद लिदैं सकिएको दशैंको सन्देश सुखद देखिएको छ । विविधता भित्रको एकताको सन्देश दिदैं सकिएको दशैंपछि नेपालीहरुले मनाउने अर्को महत्वपूर्ण पर्व तिहार नजिकीएको छ । यसको आफ्नै मौलिक परम्परा र विशेषता छ ।
दशैं होस् या तिहार र छैठ पर्वहरुको आफ्नै मौलिक संस्कार छन् । परम्परालाई जगाउने आफ्नै मान्यता हुन्छन् । बहुजातिय, बहुभाषिक नेपालीपन बोकेको समाजले आ–आफ्ना पर्वहरुलाई मनाउने फरक तरिका छन् । तिनका मान्यता आफैंमा महत्व बोकेका छन् । सबै जातजातिका पर्वको सम्मान गर्दै नेपालीहरु एकता भाव प्रकट गर्ने परम्परा छ ।

मान्यता अनुसारको तिहार पर्वको पर्वोत्सव सुरु भईरहँदा नेपाली बजारमा पनि विशेष रौनक छाउने गरेको हुन्छ । भारतसँग खुल्ला सीमानाका रहेका कारण खुल्ला बजार अर्थतन्त्रको रवाफले नेपाली पर्वमा सीमापार भारतीय बजारमा सामान किन्न जाने बानीको विकास भएको छ । तर, त्यसले नेपाललाई खासै फाइदा पुग्दैन । त्यसका लागि नेपाली पर्वमा नेपाली बजार नै रोज्नु उचित हुन्छ । जसले नेपाली अर्थतन्त्रको चेनलाई समेत चलायनमान बनाईरहेको हुन्छ ।

विराटनगर बजार जोगबनीको शिकार हुँदा व्यापारीले मात्रै घाटा सहनु परेको हुँदैन । त्यसको घाटा प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा परेको हुन्छ भने अप्रत्यक्ष रुपमा नेपालीका घरमा समेत परिरहेको हुन्छ । आफ्नै भान्सामा परिरहेको असरलाई समयमै रोक्न सचेत हुनु पर्दछ ।
त्यसैले तिहार नजिकीदै गर्दा स्थानीय बजारलाई पर्जोत्सव रुपमा चलायमान बनाउन अनौपचारिक कारोबारमार्फत विदेशी भूमिमा पुगेर सामान खरिद गर्नु भन्दा केहि महंगो परेपनि नेपाली बजारमै ध्यान दिनु उचित हुन्छ । आफ्नै बजारका सामान औपचारिक प्रक्रियाबाट भित्रिएका हुन्छन् । सामान भित्र्याउन भन्सारमा राजस्व दाखिला भएको हुन्छ । जसको फाइदा नेपाली अर्थतन्त्रमा पर्छ । अनौपचारिक रुपमा सीमापार पुगेर सामान खरिद गर्दा व्यापार भारतको बढ्छ, कर नेपालको घटिरहेको हुन्छ । त्यसैले पर्वमा नेपाली बजारको प्रोत्साहनमा सबै उपभोक्ताले भारतीय बजार ‘हुन्न’ भन्ने सोचिदिए मात्रै पनि देशका लागि ठूलो योगदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्