विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने भएको छ ।
कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कात्तिक २० गते सोमबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिइएको हो ।
कात्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वसको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।