प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सांसद जनार्दन शर्मा र स्वास्थ्यकर्मीको टोलीसहित त्यहाँ पुगेका दाहालले प्रमुख जिल्ला अधिकारीसमक्ष क्षतिबारे जानकारी लिएका छन् । उनी निरीक्षणका लागि भूकम्प क्षतिग्रस्त क्षेत्रमा जाने तयारीमा छन् ।

यस भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी १ सय २८ जनाले ज्यान गुमाएका छन् भने भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्