गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
यो पापी तिहार आयो मखमलीको माला गाँसुला भाइ
तिमी आउ अनी संगसंगै हामिपनी हाँसुला भाइ

रोटे पिँङ र लिङ्गे पिँङमा पालो पर्खिदै गर्दा
सुन्तला टिपि बोक्रा मिलिजुली तासुला भाइ

सबैको घर झिलिमिली बत्ती बल्छ उज्यालो हुन्छ
मनमा भका काला मैला सबै दुबैको नासुला भाइ

सप्तरंङ्गी टीका थालिभरी राखी ओखर फुटाउँदै
अरुले झै सयपत्री र मखमली टीका टाँसुला भाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्