चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

- शिखा खतिवडा
अब घरको हेलाँमा पनि सिमित हुनुपर्छ
कहिले कसो हैन सधैं एउटै रित हुनुपर्छ

मेरै पाखुरीको मैलो खान पल्किनेहरु हाे
कति दिन आश्वासनमा झुटो प्रित हुनपर्छ

सधैंभरि भेदभाव गरून् केहि छैन तरपनि
अब यहाँ मेरो हार सधैँ तिम्रो जीत हुनपर्छ

मलाई जस्तै अरुलाई रुवाउने आँट नगर्नु
म खिया बनेर खिइनेछु तिम्रो हित हुनुपर्छ

मेरा हरेक त्याग नसम्झिने स्वार्थी मनहरु
तिम्रा हरेक खुशीका लागि म शित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्