सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा माधव नेपालको जोड

सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा माधव नेपालको जोड

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने बताएका हुन् ।

कोशी प्रदेशमा सर्वपक्षीय सरकार नबनेको  बताउदै  नेपालले अहिलेको सत्तामाको प्रतिपक्षमा हुने भन्ने अवस्थाले गुज्रिरहेको बताए ।

सर्वदलीय बनाएर आलोपालो गरेको भए पनि हुने  बताउँदै उनले भने,"मैले पहिलाका मुख्यमन्त्री हिक्मतकुमार कार्की जीलाई पनि भनेको थिए। तपाईहरूको पार्टीको तर्फबाट स्थायी सरकार बनाउनका लागि पहल गर्नुहोस् भनेर । सरकार ढाल्ने बनाउने काममा नलाग्नुहोस् भनेको थिए। तर भने जस्तो हुँदैन रहेछ ।"

 मुलुकको अवस्था कहालीलाग्दो रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्