जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति

जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति

जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ ।

आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ ।

यसैगरी एक पुस्तकालय, सात वटा घेराबार र चार वटा सोलार सिस्टममा पूर्ण क्षति पुगेको विवरण प्राप्त भएको छ ।

जिल्लाका एक सय २२ विद्यालयका चार सय ७६ कक्षा कोठामा आंशिक क्षति पुगेको छ । ३५ वटा शौचालयमा पनि आंशिक क्षति पुगेको छ ।

भूकम्पमा परी जिल्लामा एक शिक्षकको मृत्यु भएको छ भने दुई शिक्षक घाइते भएका छन् । विद्यार्थीतर्फ ११ जनाको मृत्यु भएको छ । यस्तै २० विद्यार्थी भूकम्पमा परी घाइते भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५७ जनाको ज्यान गएको छ । यस्तै दुई सय ४६ जना घाइते भएका छन् । भूकम्पका कारण सयौँ घरहरुमा क्षति पुगेको छ । घरबारविहीन सयौँ मानिस तीन दिनदेखि खुला आकाशमुनि रात कटाउन बाध्यछन् । भूकम्प पीडितहरु राहतको पर्खाइमा छन् । उनीहरुले अहिलेसम्म आवश्यक राहत तथा सहयोग पाउन नसकेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्