भूकम्प पीडितलाई भाटभटेनीको १ करोड बढी आर्थिक रकम सहयोग

<span class='c1'>भूकम्प पीडितलाई भाटभटेनीको १ करोड</span> <span class='c2'>बढी आर्थिक रकम सहयोग</span>

विराटनगर । भाटभटेनी सुपरमार्केटले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई उद्धार, उपचार तथा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नु भएको छ ।

सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुभएको हो ।गुरुङका धर्मपत्नीसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको गुरुङले जनाकारी दिनुभयो ।

भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै गुरुङले शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गर्दै आएको छ । सञ्चालक गुरुङले पश्चिम नेपालका नेपाली दाजुभाइले भोग्नु परेको विपत्तिमा सम्पूर्ण देशवासीले साथ दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्। केही बेपत्ता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्